शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्दिरबाट चोरी भएको मूर्ति फेला  

बुधबार, मंसिर २२ २०७८

ललितपुर l गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी भएको करिब १ फिट अग्लो ८ ईन्च चौडा भएको १ थान बसुन्धराको मूर्ति सोही स्थान नजिक जंगलमा आइतबार फेला परेको छ । 

उक्त मन्दिरबाट मंसिर १४ गते राति श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएकोमा खोजी गर्ने क्रममा उक्त मूर्ति फेला परेको हो ।

साथै नारायणको मूर्ति तथा चोरहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।