शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी विकास बैंकको एकैसाथ थप नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन 

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले आईतबार देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाकोरुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँबानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५  स्थित मणिग्राम शाखा रुपन्देही, ७५औँ शाखाकोरुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाकोरुपमा दाङ्ग जिल्ला घोराही उप – महानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमाबाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोक स्थित कोहलपुर शाखा रहेका छन् । 

बैंकको नयाँबानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका हुन भने बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्तरुपमा गरेका हुन ।

मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्तरुपमा गरेका हुन । घोराही शाखाको उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्तरुपमा गरको हुन ।

साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्तरुपमा गरेका हुन । हाल बैंकले सात वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । 

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब तीन लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।