शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

सोमबार, मंसिर २० २०७८

काठमाडौं l मोरङको बेलबारी नगरपालिका–८ बरैजिझार बस्ने राजेन्द्र घिमिरेको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दुर्गा टोल भेनियर प्लाईउड उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।