शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

सोमबार, मंसिर २० २०७८

काठमाडौं l कागेश्वारी मनोहरा नगरपालिका–४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । 

उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।