शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पार्टीको निर्देशन विपरित उम्मेद्वारी ठूलो होइन, अरुनै जिम्मेवारीबाट पार्टीलाई सघाउछु: नेता शिवाकोटी

सोमबार, मंसिर १३ २०७८

काठमाडौं । दोलखाका  युवा व्यवसायी एवं नेकपा एमालेका युवा नेता बालकृष्ण शिवाकोटीले पार्टी भन्दा आफ्नो आकांक्षा ठूलो नभएकाले पार्टीको निर्देशन विपरित उम्मेद्वारी नदिने बताएका छन् ।  

केन्द्रीय सदस्यको आकांक्षा राखेका  शिवाकोटी अध्यक्ष केपी शर्मा ओलीको सूचिमा नपरेपछि चुनावमा प्रतिष्पर्धा नगर्ने मुडमा पुगेका हुन् ।  केन्द्रीय सदस्यका लागि अध्यक्ष ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका थिए ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा ओलीले सहमतिका लागि भन्दै नाम पेश गरेको सूचिमा शिवाकोटी अटाउन सकेनन् ।

आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने तर यसो गरे समय लम्बिने भएकाले भरसक सूचिमा नाम नभएकाले उम्मेद्वारी नदिन ओलीको सुझाव छ ।

यहि सुझावलाई मान्दै शिवाकोटीले तत्कालका लागि केन्द्रीय कमिटीमा नजाने बताएका हुन् ।

शिवाकोटीले अध्यक्षलाई सर्वाधिकार दिइएकाले उहाको निर्देशन विपरित गएर उम्मेद्वारी दिने  आफ्नो राजनीतिक धर्म नभएकाले पार्टीका अन्य जिम्मेवारी निर्वाह गरेर नेतृत्वलाई सघाउने बताए ।

लगानी वोर्डका सदस्य तथा कालिञ्चोक दर्शन लिमिटेड (केवलकार) का अध्यक्ष समेत रहेका शिवाकोटी पार्टीमा बौद्धिक नेताका रुपमा परिचित छन् । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा विजय सुब्बाअनुसार सहमतिका लागि प्रस्तावित सूचिमा नाम भएका वा अरूले पनि आज विहान ८ देखि ९ बजेसम्म फारम लिएर साढे ९ बजेसम्म उम्मेद्वारी मनोनयनका लागि बुझाइसक्नुपर्नेछ ।