शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

९ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी जारी गर्दे राष्ट्र बैंक 

सोमबार, मंसिर १३ २०७८

काठमाडौँ l भोलि सोमबार नेपाल राष्ट्र बैंकले नौ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ ।

सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैकले जनाएको छ । 

राष्ट्र बैकका अनुसार जारी मिति मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ । 

उक्त ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन १७ गते र २०७९ जेठ १७  गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।