काठमाडौँ l काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनको हिजो स्थगित बन्दसत्र आज साँझ ७ बजेबाट सुरु हुने भएको छ ।
एमाले नेता गोकुल बास्कोटाले चितवनको सेभन स्टार होटल परिसरमा साँझ ७ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए ।
बन्दसत्र आज बिहान १० बजेका लागि बाेलाइएकाे थियाे ।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि नेताहरूसँग छलफल गरिररहेका छन् ।