बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रैमासिक समिक्षा पछि नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

आइतबार, मंसिर १२ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि आज आईतबार खुलेको नेप्सेमा यसको नकारात्मक प्रभाव देखिएको छ ।

नेप्से आज ८० दसमलव २९ अंकले घटेर २६ सय ५१ दसमलव ४९ अंकमा झर्दा सेन्सिटिभ पनि १४ दसमलव १९ अंकले घटेर पाँच सय एक दसमलव ४५ अंकमा झरेको छ ।

दुई सय ३४ वटा कम्पनीहरुको ७० हजार आठ सय ४२ पटकको कारोवारमा करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर सेयर बजार रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ९७ अंकले घटेर १७ सय ७८ दसमलव ८२ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक एक सय ३२ दसमलव दुई अंकले घटेर तीन हजार पाँच दसमलव ७३ अंकमा पुगेकोछ ।

विकास बैंक,  फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी विकास बैंक पहिलो स्थानमा परेको छ ।