काठमाडौँ l साना किसान बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५% बोनस र १.३२% नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल २६.३२% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ मंसिर ८ गते अपरान्ह ४:१५ बजे सम्पन्न संचालक समितिको ४२६औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको २५% अर्थात रु.३१ करोड २८ लाख ८२ हजार ७ सय ४५.५२ बराबरको बोनस शेयर तथा १.३२% अर्थात रु.१ करोड ६४ लाख ६७ हजार ५ सय १२.९२ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।