बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुन २० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

बिहिबार, मंसिर ९ २०७८

काठमाडौँ l भोलि बिहिबार नेपाल राष्ट्र बैंकले पुन २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार भोलि १४ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।

जारी मिती मंसिर नौ गते तोकिएको रिपोको परिपक्व हुने मिती भने १४ दिन अर्थात यही मंसिर २३ गते तोकिएको छ ।

रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले यही मंसिर नौ गते अर्थात भोलि बिहिबार अपरान्ह दुई बजेसम्म बोलपत्र पेश गर्नुपर्ने राष्ट्र बैकले जनाएको छ ।