बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झण्डै दुई अंकले बढ्यो नेप्से,गुमाउने भन्दा कमाउने समुह धेरै

बुधबार, मंसिर ८ २०७८

काठमाडौँ l नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने एक दसमलव ८२ अंकले बढेर २७ सय ३४ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २८ अंकले घटेर पाँच सय १५ दसमलव २० अंकमा झरेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको ५४ हजार सात सय तीन पटकको कारोवारमा ७४ लाख ४५ हजार दुई सय २७ कित्ता किनबेच भएको छ भने कारोवार रकम चार अर्ब २१ करोड ७४ लाख १५ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दसमलव २२ अंकले घटेर १८ सय तीन दसमलव ९१ पुगेकोमा जीवन बीमा र ट्रेडिङ समुहको सुचक पनि घटेको छ ।

विकास बैंक समुहको सुचक भने ४२ दसमलव ८१ अंकले बढेर ५३ सय तीन दसमलव ८५ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ३५ दसमलव ६८ अंकले बढेर २५ सय ५९ दसमलव ४९ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।