शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राप्रपामा सकियो कमल थापा युग, लिङ्देन र धवलले तह लगाउने तयारी

बुधबार, मंसिर ८ २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराको युग परिवर्तनमा लागेका छन्, दोस्रो तहका नेता।

युवा पुस्ताको साथ पाएका महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र धवल शमशेर राणाको समीकरण तयार भएपछि एकीकृत पार्टीमा पनि शासन गरिरहेका कमल थापालाई ठूलो धक्का लाग्ने भएको छ।

लिङ्देन र राणा थापाले नै महामन्त्रीमा नियुक्त गरेका नेता हुन्। तर राप्रपामा यी दुईको प्रभाव कार्यकर्ता तहसम्म प्रभावकारी ढङ्गमा रहेको बताइएको छ।

१५ मंसिरदेखि राप्रपाको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदैछ। एकीकृत महाधिवेशन भनिए पनि एउटौ हाँगाबाट अलग भएका शक्ति जोडिएका थिए।

सो क्रममा महामन्त्री लिङ्देनले टुटफुटका कारण पार्टीको अवस्था नेताको स्वार्थकेन्द्रित भएको र अब त्यस्तो नहुने बताउँदै नेतृत्व लिने संकेत गरेका थिए। लिङ्देन राप्रपाका एक मात्र निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन्।

उनलाई नेपालगञ्ज उपमहानगरपालिकामा निर्वाचित लोकप्रिय मेयर समेत रहेका धवलको साथ रहेको छ। लिङ्देन अध्यक्ष र धवल महामन्त्री हुनेगरी नयाँ टिमको घोषणा गरी अध्यक्षत्रय थापा, लोहनी र राणालाई धक्का दिने तयारी भएको हो।

‘नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने मान्यता स्थापित भएको छ। अब राप्रपाले राजसंस्था र हिन्दूत्वको वकालत गर्दै एउटा विशाल शक्ति निर्माण गर्न अवसरवादी होइन, युवा नेतृत्व चयन गर्छ’, एक नेता भन्छन्।