शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

क्रान्ति बुर्लाकोटी चुनिँदा युवा संघ अध्यक्ष पौडेल र उपाध्यक्ष लामाबीच विवाद, अर्को कारण यस्तो छ

मंगलबार, मंसिर ७ २०७८

काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि चयनको विषयमा युवा संघ अध्यक्ष किरण पौडेल र उपाध्यक्ष अमित लामाबीच विवाद देखिएको छ। दुई पक्षको विवादका कारण युवा संघले तय गरेका प्रतिनिधिका सन्दर्भमा उजुरीसम्म हुने बताइएको छ।

अध्यक्ष पौडेलसहित क्रान्ति बुर्लाकोटी, पुष्प श्रेष्ठ, रमेश आचार्य र अन्जना अधिकारी महाधिवेशन प्रतिनिधि रहेको नाम पठाइएको थियो। प्रतिनिधिमा उपाध्यक्ष लामासहितलाई नपारिएको भन्दै कुनै औपचारिक निर्णय नै नगरिएको दाबीसहित उजुरी परेको छ।

यो विवादको मुख्य कारण १० बुँदे सहमतिका आधारमा फर्किएका नेता निकट रहेकी बुर्लाकोटीको प्रतिनिधि चयन हुनुलाई बनाइएको छ। यद्यपि प्रतिनिधि चयनमा कुनै कमजोरी नभएको युवा संघ संस्थापन पक्षको भनाई रहेको छ।

पार्टीको निर्देशनअनुसारको मापदण्डका आधारमा नै सबै प्रतिनिधि चयन गरिएको बताइएको छ। यस विवादलाई युवा इञ्चार्ज रहेका नेता महेश बस्नेतले मिलाउने जिम्मा लिएका छन्।