शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अल्पसंख्यक अर्बपति चौधरीः यसरी भए कांग्रेस महाधिवेशन प्रतिनिधि

मंगलबार, मंसिर ७ २०७८

काठमाडौं। नेपाली कांग्रेसबाट संसद सदस्य रहेका अर्बपति बिनोद चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

फोब्र्स पत्रिकामा नेपालका अर्बपतिको सूचीमा पर्न एक मात्र सफल उद्यमी रहेका चौधरीले कांग्रेस प्रतिनिधि चयन हुनका लागि खुला प्रतिस्पर्धा भने गरेनन्।

प्रतिनिधि सभामा पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग चोचोमोचो मिलाएर समानुपातिक सांसद बनेका चौधरीले महाधिवेशन प्रतिनिधि बन्नका लागि मधेसी अल्पसंख्यक कोटाको सहारा लिएका हुन्।

‘अध्ययन गरेका प्रभाव राख्न सक्ने व्यक्ति यसरी कोटामा छिरेपछि बर्षौंसम्म कांग्रेसमा योगदान गरेका अल्पसंख्यकले प्रतिनिधि हुने मौका पाएनन्’, एक जना प्रतिनिधि भन्छन्,‘कांग्रेसमा पैसा हुनेले जहिले पनि जसरी पनि ठाउँ पाउने परम्परा बन्यो।’

चौधरी पूर्वी नवरपरासीबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बनाइएका छन्। अल्पसंख्यक र मधेसीको एउटा मात्र कोटा हुन्छ। चौधरीसँग दाबेदारी गर्न कोही पनि तयार भएनन्।

‘शक्ति र पैसा भएका मानिसले खुल्लामा प्रयत्न गर्ने हो अथवा मनोनयन प्रक्रिया पनि हुन सक्छ त्यसमा आउनुपर्छ, कुनै गरिबको कोटा खोस्ने होइन’, स्रोतले भन्यो।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १बाट चौधरी चुनिाएका हुन्।