शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्राईम लाईफको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा रेशम थापा नियुक्त भएकाछन । कम्पनीको यही मंसिर दुई गते बसेको सञ्चालक समितीको बैठकले यही मंसिर तीन गते देखि नै लागुु हुने गरी थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । 

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड सात लाख ७४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ४० रुपैयाँ ४१ पैसा रहेको छ ।