काठमाडौँ l नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।
मंसिर सात गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ साल मंसिर छ गते तोकिएको छ । यसअघि पनि यही कार्तिक २९ गते ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।