बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘ए’ डिभिजन लिग आजदेखि सुरु, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट  सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । बी लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफुलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् ।

फ्रेन्ड्सले भने लामो समयदेखि लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन ।
कुल ९१ खेल हुने लिगमा ए डिभिजनका १४ वटा क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

यस पटकको लिगको पुछारका दुई टिम भने रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।