शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डाँका मुद्दाको फरार प्रतिवादी पक्राउ  

बिहिबार, मंसिर २ २०७८

मोरङ l डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।