शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा ३२ अंकको भिषण पहिरो, सबै सुचक रातै

बिहिबार, मंसिर २ २०७८

काठमाडौ l नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ३२ दसमलव ३९ अंकले घटेर २७ सय ६९ दसमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दसमलव २५ अंकले घटेर पाँच सय २१ दसमलव १८ अंकमा झरेको छ ।

आज दुई सय २४ वटा कम्पनीहरुको ७० हजार ३७ पटकको कारोवारमा ९८ लाख ६२ हजार नौ सय ४० कित्ता सेयर किनबेच भएको छ भने भने कारोवार रकम छ अर्ब २७ करोड १८ लाख ६७ हजार दुई सय ३० रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक घटेर शेयर बजार रातै भएको छ । ति बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव १९ अंकले घटेर १८ सय २८ दसमलव ५९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि २७ दसमलव सात अंकले घटेर २६ सय ५४ दसमलव ८९ अंकमा झरेको छ ।

यसैगरी बिकास बैक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ ।