बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा थपियो झन्डै २७ लाख कित्ता शेयर

बुधबार, मंसिर १ २०७८

काठमाडौँ l नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे १७ प्रतिशत बाेनस बापतकाे २६ लाख ९५ हजार ६ सय ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको थियाे । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।