शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंक तथा फाईनान्स कम्पनीहरुमा राष्ट्र बैंकले ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

बुधबार, मंसिर १ २०७८

काठमाडौँ l बैंक तथा फाईनान्स कम्पनीहरुमा नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ मंसिर ७ गतेदेखि २०७९ मंसिर ७ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

यसरी राखिने कुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि २४ करोड, बिकास बैंकहरुको लागि चार करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ५० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर पाँच गते मध्यान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ । 

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।