शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

मंगलबार, कार्तिक ३० २०७८

सिरहा l १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।