शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तास खेलिरहेको अवस्थामा पक्राउ

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ l गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पा लगायत ५ जनालाई  आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरामा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।