शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ l हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका–५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।