शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, कार्तिक २९ २०७८

मोरङ l कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।