काठमाडौँ l नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुनको लागि ११ जनाले आवेदन दिएकाछन ।
अर्थमन्त्रालयको बित्तीय व्यवस्थापन महाशाखाका अनुसार यसरी आवेदन दिनेहरुमा डा. रमेश कुमार भण्डारी, जीवन अम्गाई, प्रविन पन्दाक, बद्री प्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौत्तम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे रहेकाछन ।
यसअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृतकोरुपमा चन्द्रसिंह साउद रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा बिवादमा तानिए संगै साउदले पदबाट राजीनामा दिएका थिए ।
सो पश्चात रिक्त रहेको प्रमुख कार्यकारी पदको लागि अर्थमन्त्रालयले यही कात्र्तिक ११ गते शुक्रबार १५ दिने अवधि तोकेर खुल्ला प्रतिस्पर्धाको आव्हान गरेको थियो ।
उक्त आव्हान अनुसार आवेदन दिईसक्नु पर्ने समयसिमा कात्र्तिक २८ गते अर्थात आज आईतबारसम्म हो ।