शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाली इन्स्पेक्टर भारतमा पुरस्कृत

आइतबार, कार्तिक २८ २०७८

काठमाडौँ l मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापालाई उपाधी सहित पुरस्कृत गरिएको हो ।

Capture.PNG

सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

Capture.PNG

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।

Capture.PNG

सन् २०२० डिसेम्बर २८ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

Capture.PNG