शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित ९ जना पक्राउ

शनिबार, कार्तिक २७ २०७८

काठमाडौं l काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका–१ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ ठेगाना भएका २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ ठेगाना भएका २२ वर्षीय बिनोद नाथ योगी, काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक वलेफी गाउँपालिका–४ ठेगाना भएका ३२ वर्षीय गौतम केसी, काठमाडौं बुढानिलकण्ड नगरपालिका–१० पाथिभर टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ ठेगाना भएका २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय शुसिल श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका–९ मजुवा ठेगाना भएका २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका–१० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका–५ ठेगाना भएका ३० वर्षीय दिपु भन्ने रणदिप थापा र सोही गाउँपालिका–२ ठेगाना भएका २६ वर्षीय शिरिष खत्री रहेका छन् ।  

उनीहरूमध्ये प्रयास थापालाई १ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडक किनारबाट सोमबार, सागर शाहीलाई २८ ग्राम खैरो हेरोइन तथा नगद ७५ हजार ५ सय रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२९ बाट मंगलबार, बिनोद नाथ योगीलाई १ थान डिजिटल तराजु सहित काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ स्थित सडक किनारबाट मंगलबार, गौतम केसीलाई ५ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका–६ बौद्ध सडक किनारबाट सोमबार, मिजम तामाङलाई ४ ग्राम ५ सय मिलीग्राम खैरो हेरोइन तथा नगद ३५ हजार रुपैयाँ सहित उनकै डेराकोठाबाट सोमबार, शुसिल श्रेष्ठलाई १ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ सहित मिजम तामाङको डेराकोठाबाट सोमबार, मिडे शेर्पालाई २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु तथा ७ थान आईएमईको रसिद सहित काठमाडौं महानगरपालिका–७ गंगाहिटी सडक किनारबाट सोमबार, रणदिप थापालाई साथबाट ३ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ र उनकै डेराकोठाबाट थप २१ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन तथा डिजिटल तराजु सहित बुधबार र उनीसँगै रहेका शिरिष खत्रीलाई नगद ४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।