शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शनिबार, कार्तिक २७ २०७८

दाङ l राप्ती गाउँपालिका–१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।