शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कैलालीमा नक्कली नोट

शनिबार, कार्तिक २७ २०७८

कैलाली l बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।