काठमाडौं । आसन्न केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने रणनीति तय गर्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दै छ ।
नेता पौडेलले आगामी बैठकमा संस्थापन पक्षसँग पेश हुने तयारीकालागि आफु समूहका नेताहरुलाई आज दिउसो २ बजे छलफलका लागि बोलाएका हुन् । पौडेल समूहको बैठक दिउसो २ बजे दियालो फुडल्याण्ड धापासीमा बस्ने बताइएको छ ।
बैठकमा महाधिवेशन लक्षित रणनीतिको विषयमा छलफल हुनेछ नेता बलबहादुर केसीले बताए । केसीका अनुसार भोलि बस्ने पदाधिकारी बैठक र पर्सीकालागि बोलाइएको केन्द्रीय समितिको बैठकमा आफ्नो तर्फबाट उठाइने एजेण्डाका विषयमा छलफल गर्न आज आफु निकटका नेताहरुलाई बोलाइएको हो ।
केन्द्रीय कार्यसमिति बैठकमा कसरी उपस्थित हुने, कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा पौडेल समूहले योजना बनाउने बताइएको छ ।
त्यस्तै बैठकमा अधिवेशन गर्न बाकी रहेका जिल्लाहरुको वडा अधिवेशनका विषयमा पनि पौडेल समूहले चासो बढाएको छ ।