शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पाकिस्तान बाहिरियो , अष्ट्रेलिया र न्यूजिल्याण्ड फाइनलमा

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौं । अस्ट्रेलिया आईसीसी टी २० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । 

 प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अस्ट्रेलियाले फाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।  न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ ।
न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो ।