शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार भारतको मोतिहारी जिल्ला वडा नं. १०, झोझरा घर नं. १३६५ घर भई जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. १५, सातदोबाटो स्थित जय बाबा गणिनाथ महाराज सप्लायर्समा प्रमुख पदमा कार्यरत जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १, कमलपोखरी बस्ने बर्ष ४५ का प्रतिवादी राजहरण साहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७५ पुस पाँच गते ग्लोवल आईएमई बैंक, शाखा कार्यालय, ज्ञानेश्वरको चेक काटी दिएका थिए । 

सो कसुरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट बिसं २०७७ माघ २६ गते प्रतिवादी रामहरण साहको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएकोमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले प्रतिबादी साहलाई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १, कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज सोमबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जानकारी दिएको छ ।