शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सार्वजनिक बिदामा पनि बैंकहरुको काउन्टर खुल्ने

बुधबार, कार्तिक २४ २०७८

काठमाडौँ l सार्वजनिक बिदा परेको दिनमा पनि बैकहरुको काउन्टर खुल्ने भएकाछन ।

नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दे राजश्व बुझ्ने प्रयोजनको लागि सार्वजनिक बिदाको दिनमा पनि काउन्टर खोल्न निर्देशन दिएसंगै यस्ता काउन्टरहरु खुल्ने भएका हुन । 

आज मंगलबार राष्ट्र बैकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दे उक्त निर्देशन दिएको छ । सुचना अनुसार यही कार्तिक २५ गते बिहिबार र यही कार्तिक २६ गते शुक्रबारका दिन सार्वजनिक बिदा परेका प्रदेशका राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयका राजश्व बुझ्ने काउन्टरहरु, राजश्व बुझ्ने सम्पुर्ण बैंक तथा बित्तीय संस्थाहरु एवं नेपाल राष्ट्र बैंक पुर्णकालीनरुपमा खुला गरी राजश्व बुझ्ने व्यवस्था गर्नुपर्ने छ ।  

राष्ट्र बैंकले सोही दिन सुचना जारी गर्दे यही कार्तिक २४ गते बुधबारका दिन बिकास ऋणपत्र २०७८ ङ र यही कार्तिक २७ गते शनिवार बिकास ऋणपत्र २०८६ ख को भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला हुने पनि जनाएको छ ।