काठमाडौं । सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला पारेको छ ।
लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन् ।