शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विराटनगर जाँदै ओली, के–के छन् कार्यक्रम ?

सोमबार, कार्तिक २२ २०७८

काठमाडौँ l नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् l एमालेको महानगर कमिटीका अनुसार सोमबार दिउँसो विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली विराटनगर पुगेका हुन्।

अध्यक्ष ओली सहभागी रहने कार्यक्रममा करिब ५ हजार संख्यामा कार्यकर्ता सहभागी हुने महानगर कमिटीले जानकारी गराएको छ। कार्यक्रममा प्रमुख अतिथि ओलीसँगै प्रदेश र केन्द्रका नेताहरूको उपस्थिति रहने छ ।

सोमबार दिउँसो करिब १ बजे कार्यक्रममा सहभागिता जनाउने बताउँदै उनले अध्यक्ष ओली अपराह्न करिब साढे ४ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

कार्यक्रमलाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले कार्यकर्ता भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ। यसबीच पार्टीका नेता, सामाजिक व्यक्तित्व, उद्योगी व्यवसायी, सुरक्षा तथा निजामतीलगायत व्यक्तित्वको कार्यक्रममा सहभागिता रहने महानगर कमिटीले जनाएको छ।