काठमाडौँ l काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नारायण काजी श्रेष्ठको गाई गोठमा हाल नाम, थर, वतन नखुलेका करिब ५४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–६ तिनचुली कुवाटोल नजिक सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–१ ठूलो डाँफे दैलेखी चोकस्थित सडकमा रहेको नालीको पानीमा सोही गाउँपालिका–७ बोकटिया बस्ने ४० वर्षीय उपेन्द्र थारु शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१ चप्परगौडीस्थित होटेल रेष्ट प्वाईण्टमा बिगत १ वर्षदेखि काम गर्दै आएका दाङ तुल्सिपुर उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय बिनोद भन्ने भद्र बहादुर वली सोही होटेलको हलकोठामा सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।
धनुषाको सबैला नगरपालिका–७ मटहीस्थित बाटो छेउमा सोही नगरपालिका–३ महरा टोल बस्ने ५५ वर्षीय शियाराम महरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बासटारी कालिगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ खादम खोलाको पुल छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।