शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

सोमबार, कार्तिक २२ २०७८

धनुषा l नगराईन नगरपालिका–२ स्थित सडकबाट महोत्तरी बालुवा नगरपालिका–२ बस्ने ३० वर्षीय श्रवण कुमार साहलाई नियन्त्रित लागूऔषध ३२ पिस नाईट्राभेट, २२ पिस स्पास्मो, १८ पिस नाईट्राजेपाम र २ बोतल कफ सिरफ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट जटहितर्फ आउँदै गरेको प्र २–०२–००२ प १४९६ नम्बरको स्कुटरमा सवार श्रवणलाई सिमा प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।