बारा l निजगढ नगरपालिका–३ सिगौलस्थित सिमल चौर खोलाबाट सोही ठाउँ बस्ने ६५ वर्षीय मंगल लाल पाख्रिनलाई १ थान लोड गरेको भरुवा बन्दुक, प्लास्टीकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्राहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट सिगौलबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।