काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पार्दै पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ। अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ । गएराति खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन जोड्न सक्यो ।
न्यूजिल्यान्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो ।
न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध आज खेल्नेछ ।
समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।