शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इङ्ल्याण्डलाई हराए पनि दक्षिण अफ्रिका विश्वकपबाटै बाहिरियो, इङ्ल्याण्डसँगै अष्ट्रेलिया पनि सेमिफाइनलमा

आइतबार, कार्तिक २१ २०७८

काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

गए राती इङ्ल्याण्डलाई १० रनले हराए पनि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो । समूह एक बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यूएईको सारजाहमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । 

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
यसअघि भएको खेलमा वेस्ट इन्डिजलाई अष्ट्रेलियाले ८ विकेटले पराजित गरेको थियो ।

नेट रनरेटमा अफ्रिकी टिम भन्दा इङ्ल्याण्ड र अष्ट्रेलिया अघि रहेकाले उनीहरु सेमिफाइनल प्रवेश गरेका हुन् । पराजयका बाबजुत इङ्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो ।