काठमाडौं । सिता एयरको जहाज नेपालगन्ज बिमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको नाइन एन–एएचबी नम्बरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् ।
जहाजमा ठोक्किएका बदेल क्षत विक्षत भएका छन् । बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार सो जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको
चक्कामा समस्या आएको जस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल क्षत विक्षत भएको अवस्थामा फेला परेको नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाले जानकारी दिए । धावन मार्गलाई सफा गरिएसँगै विमानस्थल संचालनमा आइसकेको झाले बताउनुभयो ।
विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बँदेल जहाजसँग ठोक्किने घटना दोहोरिदै आएको छ ।