शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ 

सोमबार, कार्तिक १५ २०७८

बाँके l नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय प्रकाश बिक र सोही ठाउँ बस्ने २६ वर्षीय समिर बिक रहेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको अबस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।