शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ

सोमबार, कार्तिक १५ २०७८

कञ्चनपुर l कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने २३ बर्षिय बिजय नेपालीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज नेपालीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल  स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो ।

पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।