शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साताको पहिलो कारोवार दिन नेप्सेले मार्यो छलाङ

आइतबार, कार्तिक १४ २०७८

काठमाडौँ l नेप्सेले साताको पहिलो कारोवार दिन आज आईतबार नै छलाङ मारेको छ । नेप्से आज ५५ दसमलव पाँच अंकले बढेर २८ सय ३७ दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ नौ दसमलव ४६ अंकले बढेर पाँच सय ३० दसमलव ४६ अंकमा चढेको छ ।

आज दुई सय ३२ वटा कम्पनीह्रुको ८१ हजार नौ सय ३५ पटकको कारोवारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन ।

सो मध्ये जलबिद्युत समुहको सुचक एक सय ६६ दसमलव ३४ अंकले बढेर ३१ सय ८८ दसमलव ९४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक छ सय तीन दसमलव तीन अंकले बढेर १३ हजार ९५ दसमलव ४६ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुणखोला जलबिद्युत कम्पनी परेको छ ।