काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह एकमा रहेका दक्षिण अफ्रिका र श्रीलङ्का भिड्ने छन् भने दोस्रो खेलमा इङ्ग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।
दक्षिण अफ्रिका र श्रीलङ्काबीचको खेल यूएईको सारजाहमा दिउँसो पौने चार बजे हुनेछ । दक्षिण अफ्रिकाले २ खेलमा २ अङ्क जोडेको छ। दक्षिण अफ्रिका तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै श्रीलङ्का २ अङ्कसहित चौथो स्थानमा छ ।
बेलुका पौने आठ बजे दुबईमा हुने अर्को खेलमा इङ्ग्ल्यान्ड र अष्ट्रेलिया भिड्ने छन् ।
इङ्ग्ल्यान्ड र अष्ट्रेलियाले यसअघिका दुई खेलमा जित निकालेका छन् । इङ्ग्ल्यान्ड २ खेलमा ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । अष्ट्रेलिया ४ अङ्कसहित दोस्रो स्थानमा छ ।