शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको उच्च बृद्धि कायम नै, गुमाउने भन्दा कमाउने समुह धेरै

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ l आज बिहिबार पनि नेप्से उच्च अंकले बढेको छ । आज नेप्से १३ दसमलव चार अंकले बढेर २७ सय ८२ दसमलव १६ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४२ अंकले बढेर पाँच सय २० दसमलव ९८ अंकमा चढेको छ ।

आज दुई सय २२ वटा कम्पनीहरुको ५९ हजार एक सय ४० पटकको कारोवारमा ९२ लाख ३६ हजार छ सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार छ सय २८ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९५ अंकले घटेर १८ सय ९३ दसमलव ६० अंकमा पुग्दा जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।

बिकास बैंक समुहको सुचक भने ५० दसमलव ५७ अंकले बढेर ५१ सय ६९ दसमलव ९९ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेशनल हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।