काठमाडौं । आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ को खेलमा इङ्ग्ल्यान्डले बङ्गलादेशलाई हराएको छ ।
आबुधाबीमा बङ्गलादेशले दिएको १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले मात्र दुई विकेट गुमाएर १४ ओभर १ बलमा भेटायो । इङ्ग्ल्यान्डका लागि जेसन रोयले ६१ रन बनाए । त्यस्तै डेभिड मलनले अविजित २८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शोरिफुल इस्लाम र नसुम अहमदले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनायो । बङ्गलादेशका लागि कप्तान मुशफिकर रहिमले २९ रन बनाउँदा नसुम अहमदले नौ बलमा अविजित १९ रन बनाए । बलिङतर्फ इङ्ग्लयान्डका ट्यामल मिल्सले तीन, मोइन अली र लायम लिभिङस्टोनले दुई दुई विकेट लिए ।
जितसँगै इङ्ग्ल्यान्ड दुई खेलमा चार अङ्क बटुल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश भने दुई खेलमा नै अङ्कविहीन छ ।