काठमाडौं । नेकपा एमालेले देशैभर एकसाथ पालिका अधिवेशन गरेको छ । मंगलबार ६ सयभन्दा बढी पालिकामा भएको अधिवेशनमा अधिकांस पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले अधिकांश पालिकामा सर्वसम्मत भएको जानकारी दिए । उनका अनुसार ६ सयभन्दा बढी पालिकाको अधिवेशन सकिएको रिर्पोट केन्द्रीय कार्यालयमा आएको छ ।
७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।
यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।