काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। दुबईमा भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । साविक विजेता वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।